You are viewing the translated version of प्रहरी कर्मचारी समायोजनको आधार.

Section 8
प्रहरी कर्मचारी समायोजनको आधार
(१) यस ऐन बमोजिम प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा समायोजन गर्दा दफा ५ को उपदफा (३) बमोजिम दिएको निवेदनमा उल्लिखित प्राथमिकताक्रम बमोजिम क्रमशः देहायको आधारमा गरिनेछः-
(क) कार्यरत पदको ज्येष्ठता,
(ख) कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश,
(ग) हालको स्थायी बसोबासको ठेगाना,
(घ) नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना,
(ङ) उमेरको ज्येष्ठता।
(२) उपदफा (१) बमोजिम प्रदेश प्रहरीमा समायोजन गर्दा प्रहरी कर्मचारीको छनौटका आधारमा सम्भव भएसम्म पति पत्नीलाई एकै प्रदेशमा पर्ने गरी समायोजन गरिनेछ।